जेठ १५ गते हुने राजावादी आन्दोलन निर्णायक हुने दाबी :अध्यक्ष कमल थापा

काठमाडौ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने राजावादी आन्दोलन निर्णायक हुने दाबी गरेका छन्।

Workplace

मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए।

- Advertisement -Workplace

उनले जेठ १५ को आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनेगरी निर्णायक आन्दोलनका रुपमा अगाडि बढाउन खोजिएको बताएका हुन्।

उनले भने, ‘जेठ १५ गतेदेखि हुने आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने र निर्णायक आन्दोलनका रुपमा अगाडि बढाउन खोजिरहेका छौं। राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्त हुन, हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्थापना गर्न र संघीयताको खारेजी तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ विगत लामो समयदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका छौं। देशका विभिन्न जिल्लाहरुमा र काठमाडौं केन्द्रीत विरोध प्रदर्शन एवम संघर्षका कार्यक्रमहरु सञ्चालन गरिरहेका हौं।’

यस्तै, उनले आन्दोलन कुनैपनि दल वा सरकारको विरुद्धमा नभइ देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिका लागि भएको पनि बताए।

उनले भने, ‘यो आन्दोलन एउटा पार्टीको मात्र आन्दोलन होइन। यसमा आवद्ध भएका ३५ दल र समूहहरूको मात्र आन्दोलन पनि होइन्। यसलाई आम जनताको खासगरी राष्ट्रवादी विचारधारा राख्ने जनताको साझा आन्दोलनको रुपमा अघि बढाउने हाम्रो प्रयास हो। यसमा आम जनताको सहभागिताका लागि आह्वान गरेका छौं। र काठमाडौं बाहिरबाट पनि धेरै ठूलो संख्यामा जनताको सहभागिता हुने आशा लिएका छौ। आन्दोलन कुनैपनि दलका विरुद्धमा होइन, सरकारको विरुद्धमा पनि होइन्। आन्दोलन देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिको आन्दोलन हो।’

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?