icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वामपन्थी विचारधारा बोकेको अमेरिकामा रहेको एन्टिफा समूहलाई ठूलो आतंकवादी संगठन घोषणा गर्नुभएको छ ।

Workplace

 

उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत यसबारे जानकारी गराउनुभएको हो ।

एन्टिफा समूह नव–नाजीवाद, नव–फासिवाद, गोराहरूलाई सर्वोच्च मान्ने विचारधारा र जातीय विभेद विरुद्ध सक्रिय छ ।

राष्ट्रपति ट्रम्पले एन्टिफा समूहलाई आर्थिक सहयोग गर्नेहरूमाथि उच्च कानुनी मापदण्डअनुसार छानबिन गर्न सिफारिस गर्ने पनि चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

एन्टिफा समूहको उत्पत्ति सन् १९२०–१९३० को दशकमा युरोपेली फासिवादी शक्तिहरूको विरुद्ध चलेको आन्दोलनबाट भएको मानिन्छ ।

समूहका सदस्यहरूले प्रायः कालो कपडा लगाउने, अनुहार छोप्ने गर्छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?