नागढुंगा–मुग्लिन सडकको ६० प्रतिशत काम सकियो

समाचार सारांश
Auto Generated by AI
  • नौबिसे–मलेखु सडक खण्डको ४३ किलोमिटरमध्ये हालसम्म २७ किलोमिटर निर्माण सम्पन्न भएको छ।
  • नागढुंगा–नौबिसे खण्डको प्रगति ८८ प्रतिशत र पूर्वी खण्डको समग्र प्रगति ६० प्रतिशत पुगेको छ।
  • बिटुमेन अभाव र प्रतिकूल मौसमका बाबजुद वर्षा अगावै काम सक्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ।

काठमाडौ –मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले गति लिएको छ। कुल ४३ किलोमिटर लामो यो खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण पूरा भएको छ।

Workplace

नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाका अनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको हो। आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति पुर्‍याउने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध सिर्जना भएको थियो।

उनकाअनुसार पहिलो खण्ड अन्तर्गत पर्ने नागढुंगा–नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगिसकेको छ। दोस्रो खण्ड (नौबिसे–मलेखु) मा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनको रहेको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ।

उनले भने,‘हामीले ४३ मध्ये २५ किलोमिटर कालोपत्रे गरिसकेका छौँ। २ किलोमिटर ढलान भइसकेको छ। मौसमको अनुकुलता हेरेर यो काम वर्षा अगाडि पूरा गर्ने लक्ष्य राखेका छौं । पहिलो प्याकेजको नागढुंगादेखि नौबिसेसम्मको प्रगति करिब ८८ प्रतिशत छ भने यो खण्डको ६० प्रतिशत छ।’

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिएमा आगामी केही दिनभित्रै थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी दिए। उनकाअनुसार बिटुमिन आपूर्ति सहज भए यता नौबिसे–मलेखु खण्डमा मात्र ३ हजार ३ सय मिटर थप कालोपत्रे भइसकेको छ।

‘हामीले २७ किलोमिटर काम सकिसकेका छौँ। ४३ किलोमिटरमा २ किलोमिटर ढलान भएको छ। २५ किलोमिटर कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘मौसमले साथ दिएसम्म ब्रेक नगर्ने भन्ने हाम्रो लक्ष्य छ। बिटुमिनको सहजता र मौसम अनुकुल भयो भने काम गर्न सहज हुन्छ। मौसमका कारण बिहानदेखि बेलुकासम्म काम गर्न पाएको छैन।’

हाल निर्माण कम्पनीले दैनिक ४ सय देखि ५ सय मिटरसम्म कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको छ। प्रतिकूल मौसम र प्राविधिक कठिनाइका बाबजुद आयोजनाले यसै आर्थिक वर्षको अन्त्यसम्ममा ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य लिएको छ।

वर्षात शुरु हुनुअघि नै उत्खनन गरिएका पुराना पिच खण्डहरूलाई पुन: कालोपत्रे गरी सवारी आवागमन सहज बनाउन आयोजनाले उच्च प्राथमिकता दिएको जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?