रामबहादुर बम्जन पुनः कारागार चलान भएका छन्

काठमाडौ -‘ लिटिल बुद्ध’ उपमाले परिचित तपस्वी रामबहादुर बम्जन पुनः कारागार चलान भएका छन्।

Workplace

सम्पत्ति शुद्धीकरण मुद्दामा सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनी दोस्रोपटक कारागार चलान भएका हुन्।

अदालतको आदेश बमोजिम सोमबार राति नै सर्लाही सदरमुकाम मलंगवास्थित कारागारमा चलान गरिसकिएको प्रहरीले जनाएको छ। बम्जनमाथि गएको फागुन ५ गते अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो।

यसअघि यौन दुराचार मुद्दामा जिल्ला अदालतबाट दोषी करार भएका बम्जनलाई उच्च अदालत जनकपुरले गत चैत ६ गते सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याएको थियो। त्यसपछि उनी जेलमुक्त भएका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?