सङ्घीय संसदको दुवै सदनको बजेट अधिवेशन आजदेखि शुरू

काठमाण्डौ – सङ्घीय संसदको दुवै सदनको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ ।

Workplace

दिउँसो १ बजे नयाँ बानेश्वरको सङ्घीय संसद भवनमा अधिवेशन शुरू हुने छ ।

संसदको हिउँदे अधिवेशन गएको चैत १८ गते अन्त्य भएको हो  ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दियको हो  ।

अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नुहुने छ ।

व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुने छ । बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि–बजेट छलफल गर्नुपर्ने कानूनी प्रावधान छ ।

त्यसअघि सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि–बजेट छलफल हुने छ ।

यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने तयारी छ । यसबाहेक अरु विधेयकहरु पनि विचाराधीन अवस्थामा छन् ।

बजेटमाथि छलफल चलिरहेको बेलामा पनि अरु विधेयक अगाडि बढाउने संसद सचिवालयले तयारी गरेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?