icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

पृथ्वी राजमार्गमा बस–माइक्रो ठोक्किँदा चालकको मृत्यु, २१ जना घाइते

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४, ठूलढुंगामा बिहीबार साँझ बस र इभि (EV) माइक्रोबस ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

Workplace

मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका–१४ का ३८ वर्षीय रमेश अवस्थी रहेको प्रहरीले जनाएको छ। अवस्थीको उपचारका क्रममा मृत्यु भएको हो।

दमौलीबाट मुग्लिनतर्फ गइरहेको ग १ ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ०१–००६ ख ६५०३ नम्बरको इलेक्ट्रिक माइक्रोबस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बसमा सवार ११ जना र माइक्रोमा सवार १० जना गरी कुल २१ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये अरुको अवस्था सामान्य रहेको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?