icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

गोरखा नगरपालिकाको झण्डै १ अर्बको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक

गोरखा, असार ११ – गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै १ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभामा मंगलबार नगरप्रमुख कृष्णबहादुर राना मगरले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

Workplace

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर बनाइएको नीति तथा कार्यक्रममा कृषि, पशुपंक्षी तथा साना घरेलु उद्योग, पर्यटन तथा संस्कृति प्रवर्धन, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य तथा खानेपानी, सरसफाई, सडक यातायात, विपद् व्यवस्थापन, न्याय सम्पादन, सेवा प्रवाह सुधार, शुसासन र सामाजिक समावेशीकरणजस्ता विषय समेटिएका छन्।

नगरपालिकाले पहिचान गरेका ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको क्रमशः संरक्षण र विकास गर्दै लैजाने जनाएको छ। गोरखा दरबारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न भइरहेको पहलमा सहयोग र समन्वय गरिने उल्लेख गरिएको छ।

सम्पूर्ण नगरवासीका लागि डिजिटल हेल्थ रेकर्ड तयार पार्ने, ‘नगर एप’ सञ्चालनमा ल्याउने, जन्मदेखि मृत्युसम्मको सेवा प्रणालीलाई डिजिटलरूपमा कार्यान्वयन गर्ने, बालमैत्री नगर बनाउने, र ‘पढ्दै–कमाउँदै’ जस्ता कार्यक्रम सञ्चालन गरिने नीति समेत सार्वजनिक गरिएको छ।

नगरपालिकाले प्रस्तुत गरेको ९९ करोड ३१ लाख ६० हजार रुपैयाँको बजेट उपप्रमुख मसली माया थोकर (सपना पुन) ले नगरसभा समक्ष पेश गरेकी हुन्। बजेट अन्तर्गत संघीय सरकारबाट समानीकरण अनुदानतर्फ २० करोड ७९ लाख, सशर्त अनुदानतर्फ ४४ करोड २९ लाख, समपूरक अनुदानतर्फ ९१ लाख र विशेष अनुदानतर्फ ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, प्रदेश सरकारबाट समानीकरण अनुदानतर्फ ३ करोड ८ लाख ३४ हजार, सशर्त अनुदान २ लाख, समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख र राजस्व बाँडफाँटतर्फ १ करोड ६१ लाख २६ हजार रुपैयाँ आउने अपेक्षा गरिएको छ। यस्तै, आन्तरिक आम्दानी ६ करोड, क्रमागत योजना तथा मौज्दात ६ करोड, सडक बोर्ड नेपालबाट ७० लाख र नगर विकास कोषबाट ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाले नीति तथा कार्यक्रमलाई पारदर्शी, समावेशी र नागरिकमुखी बनाउँदै प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिने प्रतिबद्धता समेत जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?