
अनिल नेपाली
चैत्र–२३,अर्घाखाँची
धारापानीमा सम्पन्न खुल्ला वडास्तरिय भलिबलको उपाधि मालारानी–८ ले जितेको छ ।भलिबलका खेलप्रतिभालाई प्रष्फुटन गर्न भूमिकास्थान नगरपालिका ४ नम्बर वडा कार्यालयले आयोजना गरेको प्रतियोगितामा आयोजक धारापानीलाई पराजित गर्दै
खुल्ला वडास्तरिय भलिबलको उपाधि हंशपुरले चुमेको हो ।

भूमिकास्थान–४ को टीमलाई ३÷० को सोझो सेटमा पराजित गर्दै मालारानी–८ ले
उपाधि उचालेको हो । उपाधिसँगै हंशपुरले नगद रु.३० हजार र ट्रफी हात
पारेको छ ।प्रतियोगितामा आयोजक धारापानी द्धितिय भएको छ ।
भने भूमिकास्थान–३ को
भलिबल टिम तृतिय भएको छ । भूमिकास्थान–३,धारापानीले सन्धिखर्क–८ लाई २÷०
को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो ।
प्रतियोगितामा द्धितिय स्थान हाँसिल गर्ने भूमिकास्थान–४ र तेस्रो भएको
भूमिकास्थान–३ ले क्रमशः नगद रु.२० हजार र १० हजार संगै ट्रफी हात पारेका
छन् ।

प्रतियोगितामा प्रथम हुने मालारानी–८ को टिमका खेलाडी अनिष पाण्डे
उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ भने सन्धिखर्क–७ खाँचीकोटका खेलाडी
मिशन खड्का अनुशासित खेलाडी घोषित हुनुभएको छ ।
भलिबल प्रतियोगिताको उद्घाटन शत्रमा भूमिकास्थान नगरपालिकाका उप–प्रमुख
बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली र
भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थीले खेलले स्वास्थ्य, पहिचान र
समृद्धिमा सकरात्मक भूमिका निभाउने बताउनुभएको छ । खेल र खेलको विकासका
लागि आफुहरुले सक्दो सहयोग गर्ने पनि उहाँहरुको वचन छ ।

३ दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका विभिन्न वडाका १९ वटा टिमले भाग
लिएको वडा सचिव निलम शाहीले जानकारी दिनुभएको छ । भलिबल खेललाई
प्रोत्साहन गर्न, खेलाडीलाई अवसर प्रदान गर्न यो प्रतियोगिताको आयोजना
गरिएको वडाध्यक्ष पन्थीको भनाई छ ।
