आजदेखि यू-१९ महिला विश्वकपको सुरुवात : नेपालले बंगलादेशको सामना गर्ने

काठमाडौ =  आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको दोस्रो संस्करण आजदेखि मलेसियामा सुरु हुँदैछ। यो विश्वकपमा नेपालसहित १६ देशले सहभागिता जनाउँदै छन्। नेपाली महिला क्रिकेटको इतिहासमा पहिलोपटक विश्वकप खेल्न हाजिर  नेपालले आज आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्नेछ।

Workplace

विश्वकपमा नेपाल छनोट हुने अन्तिम टोली हो, र यो टोलीले आफ्नो प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्नको लागि उत्साहित रहेको खेलाडी हरुको भनाइ छ  नेपाल र बंगलादेश बीचको खेल मलेसियाको बांगी स्थित मैदानमा आज दिउँसो सवा १२ बजेबाट शुरू हुनेछ।

नेपालको समूह ‘डी’ मा अष्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड पनि छन्। नेपालले विश्वकपको पहिलो खेल आज बंगलादेशसँग खेल्दै, आगामी खेलहरूमा स्कटल्यान्ड र अष्ट्रेलियासँग पनि प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीका लागि यो एक महत्वपूर्ण अवसर हो, जहाँ उनीहरू आफ्नो प्रदर्शनले विश्व क्रिकेटमा नयाँ पहिचान बनाउने एक अवसर पनि रहने छ ।

समूह चरणमा प्रत्येक टोलीले तीन खेल खेल्नेछन्, र एक समूहबाट शीर्ष तीन टोलीले दोस्रो चरणमा स्थान बनाउन सक्नेछन्। यस विश्वकपमा नेपालले आफ्नो जुझारु प्रदर्शन देखाउँदै भविष्यमा महिला क्रिकेटमा नयाँ मापदण्ड स्थापित गर्ने नेपाल क्रिकेटले आशा सेमेत गरेको छ।

विश्वकपमा १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, आयोजक मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज रहेका छन्। समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्यूजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका रहेका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?