रवि लामिछानेले बुधबार संसद बैठकलाई सम्बोधन गर्ने

समाचार सारांश
Auto Generated by AI
  • रास्वपा सभापति रवि लामिछानेले बुधबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ।
  • उक्त बैठकमा कानूनमन्त्री सोविता गौतमले कानून आयोग संशोधन विधेयक पेस गर्ने कार्यसूची छ।
  • बैठकमा मेलमिलापसम्बन्धी विधेयक र एसियाली विधायिकी संस्थाको सदस्यतासम्बन्धी प्रस्ताव पनि पेस हुनेछ।

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार संसद बैठकलाई सम्बोधन गर्नुहुने भएकाे छ।

Workplace

सभापति लामिछानेले प्रतिनिधि सभाकाे बुधबार दिउँसो १ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएकाे हाे। सभापति लामिछानेले सदनमा सम्बोधनका लागि सभामुख डीपी अर्यालसँग अनुरोध गर्नु भएको मुख्य सचेतक बुर्लाकोटीले बताउनुभएकाे छ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ। बैठकमा कानूनमन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे।

कानूनमन्त्री गौतमले नै ‘एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव’ पेश गर्ने कार्यसूची समेत रहेकाे छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?