icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

के दिएका छैनन नेपालीहरुले भारत लाइ के छ बाँकी ??? 

लेखक बाबु रोका मगर –  पुर्खौ देखि लिएर अहिले सम्म नेपालीहरुले भारतलाई दिएको योगदान भारतले नेपाललाई कहिल्यै फिर्ता दिन सक्ने हैसियत छैन । भारतको विस्तारवादी नीतिले जति भारतमा कार्यरत नेपालीहरुलाई रुवाएको छ त्यति नै आक्रोशित बनाएको छ एउटा हातमा लडडु देखाउने अर्को हातमा तलवार ।

Workplace

आज भारत र भारतीयहरु जुन अबस्थामा छन अथवा आफुलाई शक्तिसाली ठान्छन त्यो सबै हामी नेपालीहरुको देन हो र यसमा हाम्रो ठुलो योगदान रहेको छ । चिन,पाकिस्तान र बंगलादेशहरुको सिमानामा २४ सै घण्टा आफ्नो जिउज्यान थाति राखेर भारतको रक्षा गरिरहेका छन त्यति मात्रै होइन हरेक घर कोठी अफिस दफ्तर फ्याक्ट्री कम्पनी आदि इत्यादिहरुमा नेपालीहरुको इमान्दारिता र विश्वासिलो कामले भारतीय हरुलाई उभो लगाएका छौ सिमानामा गोर्खाली फौज घर कोठी फ़्याक्ट्रिहरुमा चौकीदारको भूमिकामा आफ्नो कर्तब्य निभाइरहेका छन जसको कारण भारतीयहरु आनन्द संग निदाउन पाएका छन  ।

बदलामा भारतीयहरुले नेपालीहरुलाई हेर्ने दृष्टिकोण बेग्लै छ नेपालीहरुमाथि तुच्छ ब्यबहार गर्ने उनीहरुको हेपाहापनले हामी नेपालीहरुलाई अझै आक्रोश बनाएको छ तरपनि चुपचाप उनीहरुको दमन र शोषण को शिकार बनेका छौ कारण नेपाली राजनेताहरुको फितलो राजनीति जुन राजनीतिलाई अहिलेका नेताहरुले कमाइ खाने भाँडो बनाएका छन् ।

हामि भारतको बिरुद्द फेसबुकको भित्तामा नारा जुलुश खुब लगाउछौ बिरोध जताउछौ खबरदारी गर्दै ठुला-ठुला धम्किपनि दिने गर्छौ तर त्यसलाई हकिकतमा उतार्न कसैको हिम्मत जागेको छैन । रातारात सिमानाका पिल्लरहरु सरेको सरेछन सिमानामा बस्ने नेपालीहरु डर अनि त्रास मा बाँचिरहेका छन् हामि उनीहरुको दमन बिरुद्द बोल्न अनि रोक्न सक्दैनौ किन ? किनकि भारत बिना नेपालीहरुको केहिपनि चल्दैन  ? आफु संग भएका जग्गा जमिनलाइ प्लाटिङ्गमा सक्दै छौं युवा शक्तिलाई विदेश पठाएका छौ अनि बालबालिका र बुढाबुढिले बन्छ त देश ?

भारतलाई पश्चिम को कांगडा पूर्वमा टिस्टा पनि दियौ गोर्खाली शैनिक दियौ लेवर पनि दियौ, कानमा तेल हालेर बसेका छौं हातमा दहि जमाएर बसेका छौं सामान्य जनता देखि लिएर नेता गोता सम्म का ब्याक्तिहरुले उनीहरुको तलुवा चाटेर बसेका छौं यो भन्दा पनि अरु के दिनु पर्यो र ? अब जति बचेको भू-भाग छ र नेपाल देशलाई भारतको स्टेट बनाउन दिन बाँकी छ यस्तो गल्ति कहिल्यै नहोस । स्मरण रहोस हामीहरु कुनैपनि नेपालीले आफ्नो ब्याक्तिगत स्वार्थको लागि आफ्नो पहिचान नै मेटेनि गरि सिंगो देशलाई दाउमा नलगाऔं । अब हामीले दिने होइन लिउने हो पहिचान सहित  खोशिएका लुटिएका ति हाम्रा भू-भागहरु ।

अन्तमा भारत र भारतीयहरुले पनि नेपाल र नेपालीहरुले गरेको कार्यलाई सम्मान गरोस ताकी दुवै देश र जनता बीच सम्बन्ध सधै प्रगढ बनोस जिन्दावाद र मुर्दावाद देखेस र पखेस नबनोस ।

लेखक:- देशप्रेमी सामाजिक अभियनता बाबू रोका मगर  हुन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?