जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, छ जना घाइते

काठमाडौ – डडेल्धुराको नवदुर्गा गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिप चालकसहित छ जना यात्रु घाइते भएका छन् । से१ज ७३८ नम्बरको जिप नवदुर्गा–५, चौडमा बिहान सवा नौ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Workplace

उक्त दुर्घटनामा परेर जिपमा सवार नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिएका छ्न ।

- Advertisement -Workplace

दुर्घटनामा परेर जिप चालक नवदुर्गा–५, का ३५ वर्षीय रामबहादुर साउद, सोही ठाउँका १८ वर्षीया सुशीला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बिक घाइते भएकाे प्रहरीले जनाएको छ ।

निजि गाडीबाट सदरमुकाम पुर्‍याइएका घाइते चालक साउँदलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । अन्य घाइतेहरुलाइ एम्बुलेन्सबाट डडेल्धुरा अस्पताल ल्याइँदै छ । उनले बताएका छ्न

नवदुर्गा गाउँपालिका–५, ठाटाबजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको उक्त जिप दुर्घटनामा परेको हो । घटनास्थलमा छ जना घाइते भेटिएकाे उल्लेख गर्दै प्रहरी निरीक्षक बिष्टले पानी परेका कारण कच्ची बाटो चिप्लो भएर जिप सडकबाट खसेको हुनसक्ने बताएका छ्न ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?