icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

स्वास्थ्य कार्यालय अर्घाखाँचीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री-वितरण नगर पसलमा कार्यक्रम सम्पन्न

अनिल नेपाली 

Workplace

अर्घाखाँची – स्वास्थ्य कार्यालय अर्घाखाँचीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री-वितरण नगर्ने राेक्नका लागि जिल्लामा रहेका बर्थिङ्ग सेन्टरका बर्सिङ्ग स्टाफ, फार्मेसी, अस्पताल, ओैषधी पसलमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा मन्तब्य राख्दै स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपालीले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न आबश्यक रहेको बताउदै आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधी क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने प्रमुख नेपालीले बताए ।

नेपालीका अनुसार विभिन्न औषधि पसल तथा अन्य पसलमा विभिन्न ‘ब्रान्ड’का आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने र सामाजिक सञ्जालको माध्यमबाट उक्त वस्तुलाई प्रवर्द्धन गर्ने बताए ।

 

कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री-वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको छ ।

कार्यालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको (बिक्री-वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को पालना गर्न तथा आमा र शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरिक्षक पुर्ण प्रसाद पराजुली प्रकाश परियार लगायतले प्रशिक्षण दिदै तराईका जिल्लामा जस्तो अर्घाखाँची जिल्लामा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नभएको यदि काेही कसैले बितरण नियन्त्रण गर्न सन्धिखर्क नगरपालिका प्रतिबद्व रहेको बताए।

कार्यक्रममा बरिस्ठ अस्पताल नसिङ निरिक्षक सरस्वता न्याैपाने आमाले बच्चालाई पुर्ण रूपमा स्वस्थ्य बनाउनका लागि आमाको दुध प्रशस्त खुवाउनु पर्ने कतिपयले दूध आएन भनेर बच्चालाई बजारका दूध खुवाउने गरेकोले त्यसलाई पुर्ण रूपमा राेक्नुपर्ने बताईन् ।

कार्यक्रममा ओैषधी व्यबसायी सघका महासचिव तिलक मिश्र अध्यक्ष राम प्रसाद अधिकारी पत्रकार अनिल नेपाली लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियोे कार्यक्रम स्वास्थ्य प्रमुख शिव नेपालीको अध्यक्षता जनस्वास्थ्य निरिक्षक कृष्ण प्रसाद पाेखेल सञ्चालनमा सम्पन्न भएको थियोे ।

कार्यालयले गाउँ घरमा यस्ता प्रतिस्थापन बस्तुकाे बित्री बितरण भएकोले यसलाई राेक्न कार्यालयले अनुगमन निरिक्षण गर्ने कार्यालयले जनाएको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?