स्वास्थ्य रिपोर्ट अनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री बालेन्द्र शाहले आँखाको स्वास्थ्य समस्याका कारण बैठकमा कालो चस्मा लगाउनुपर्ने भन्दै संसद् सचिवालयमा प्रतिवेदन बुझाएका छन्।
  • सैनिक अस्पतालको परीक्षणमा उनलाई उज्यालोमा हेर्न कठिन हुने र आँखा सुख्खा हुने समस्या रहेको पाइएको छ।
  • सभामुखको निर्देशन र कार्यव्यवस्था समितिको निर्णयअनुसार उनले स्वास्थ्य कारण खुलाउँदै औपचारिक रूपमा पत्र पेश गरेका हुन्।

काठमाडौ -प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यसम्बन्धी प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएका छन्।

Workplace

आँखामा देखिएको स्वास्थ्य समस्याका कारण उज्यालोमा हेर्न असहज हुने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षणको रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पठाएका हुन्। संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य प्रतिवेदनसहितको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गत साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। लेफ्टिनेन्ट कर्णेल डा सचित ढकालले गरेको परीक्षणमा प्रधानमन्त्रीलाई उज्यालो सहन कठिन हुने तथा आँखामा सुख्खापनको समस्या रहेको उल्लेख गरिएको छ।

स्वास्थ्य परीक्षण प्रतिवेदनमा उज्यालोमा हेर्न असहज हुने भएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा प्रश्न उठ्ने गरेको भन्दै कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई निर्देशन दिएका थिए।

सभामुखको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले स्वास्थ्यका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षणको प्रतिवेदनसहित संसद् सचिवालयमा पत्र बुझाउनुपर्ने व्यवस्था गरेको थियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?