icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

श्रीलंकाकाेलागि आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएका अर्घाखाँचीकाे वाङ्ला निवासी सुभाष नेपालीलाई सम्मान

अर्घाखाँची – राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला समिति अर्घाखाँचीद्वारा UN काे तर्फबाट श्रीलंकाकाेलागि आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएका अर्घाखाँचीकाे वाङ्ला निवासी सुभाष नेपालीलाई सम्मान तथा साक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

Workplace

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख काेईरालाले दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत लगायतका समस्या समाधानका लागि उहाँले ऐन, कानुनको प्रभावकारी कार्यान्वयन गर्न सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिदै सुभास नेपालीले एउटा दलित समुदायको प्रतिनिधित्व गदै सिगाे ईज्जत् राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि महत्त्वपूर्ण भुमिका खेलेको बताउदै उहाँलाई अर्घाखाँची जिल्लामा अभिभावकिय भुमिका निर्वाह गदै जिल्ला मा सम्भावनाकाे समेत अध्यनन गनुपर्ने बताएका थिए ।

कार्यक्रममा श्रीलंङ्काकाे आर्थिक सल्लाहकारमा नियुक्ति हुनुभएका सुभाष नेपालीले पछिल्लो समय अर्थतन्त्रमा अनेकौं समस्याहरु छन्। अर्थतन्त्रलाई सबलिकरण गर्ने योजनाका साथ काम गर्न आवश्यक रहेको बताउदै नेपाली सबै क्षेत्रको मनोबल उठाउने गरी काम गर्न तयार रहेको भन्दै कोही पनि नआत्तिन आग्रह गरे। उनले अहिलेको अर्थतन्त्रमा समस्या कहाँ छन् भन्नेकुरामा आफू जानकार रहेको भन्दै सबैसँगको सहकार्यमा समाधान गर्न सकिने उनले बताए ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न ४ का अध्यक्ष बाबुराम पन्थी सुनार दलित अधिकारकर्मी बिष्णु परियार पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले मन्तब्य राख्नु भएको थियोे कार्यक्रम सघका लुम्बिनी प्रदेश सचिव तथा जिल्ला सल्लाहकार अनिल नेपालीको अध्यक्षता जिल्ला सचिव नवीन रसाइलीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा त्रियाशिल दलित अधिकारकर्मी सञ्चारकर्मी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतकाे उल्लेखनीय सहभागीता रहेको थियोे।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?