२६ फाल्गुन २०८२, मंगलबार

विजय लघुवित्तद्वारा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका -०४,धारापानीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अनिल नेपाली 

Workplace

अर्घाखाँची – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको धारापानीमा फाल्गुन २८ गते “वित्तीय साक्षरता कार्यक्रम”सम्पन्न गरेको छ। वित्तीय साक्षरता हाम्रो दैनिक जीवन सङ्ग जोडिएको विषय साथै वित्तीय स्थायित्वको आधारशिल पनि भएको हुँदा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिहरुलाई वित्तीय प्रणालीमा समाबेश गर्न ,समुदायमा वित्तीय सचेतना जगाउने उदेश्य राखी उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रशिक्षण अनुगमन अधिकृत तथा कलस्टर न. १५ का प्रमुख श्री कुम बहादुर थापाले गर्नु भएको थियो। उहाँले प्रशिक्षणको क्रममा पछिल्लो समयमा बैंक तथा वित्तीय क्षेत्रमा देखीएको समस्या लगायत बचत, कर्जा ,बिमा ,विप्रेषण ,वित्तीय अनुशासन ,विद्युतिय वित्तीय सेवाहरु लगायत अन्य महत्त्वपूर्ण पक्षहरू बारे सहभागीहरु लाई जानकारी दिनु भएको थियो। कर्जाको कारोबार गर्नु पुर्व ब्यवसायिक योजना बनाएर मात्र कारोबार गर्न र त्यसको सदुपयोग गर्नमा जोड दिनु हुदै ,लामो समय सम्म पनि बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको किस्ता नतिरेमा कालो सुचीमा परिने हुँदा ,त्यसबाट पर्न जाने असरहरु बारे पनि स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा भुमिकास्थान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री बाबुराम सुनार रहनु भएको थियो। त्यसै गरि अतिथिको रुपमा प्रहरी कार्यालय धारापानीका जगत बहादुर बुढामगर ,शान्ति मा.वि का शिक्षक कृष्ण प्रसाद बन्जाडे,स्वास्थ कार्यालय धारा पानीका प्रतिनिधि मनिराम कुवर,वडा सचीव निलम शाही रहनु भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्षले हाल समाजमा केहि वित्तीय अराजकता रहेकोले त्यसलाई रोक्नु पर्नेमा जोड दिनु हुदै कर्जा लगानी पछी संस्थाले पनि कर्जाको सदुपयोगिता भए नभएको हेर्नु पर्ने बताउनु भएको थियोे ।

५५ जना बढी सहभागिता रहेको
कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा जानकारी शाखाका शाखा प्रमुख सनु आचार्यले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण कर्मचारी अन्जु खड्काले गर्नु भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?