दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

समाचार सारांश
Auto Generated by AI
  • दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु काठमाडौँबाट बाहिरिएका छन्।
  • विपद् र महँगीका कारण गत वर्षको तुलनामा यसपालि उपत्यका छाड्नेको सङ्ख्या केही कम देखिएको छ।
  • यस वर्ष कुल १० लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरिएकामा हाल नाकाहरूमा चाप घट्न थालेको छ।

काठमाडौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् ।

Workplace

गएको असोज २५ गते घटस्थापनादेखि आज बिहानसम्म सार्वजनिक गाडीबाट ५ लाख २८ हजारको संख्यामा यात्रु बाहिरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । पोहोर पनि घटस्थापनादेखि एक हप्ताको समयमा साढे पाँच लाख जनाले उपत्यका छाडेका थिए ।

- Advertisement -Workplace

अघिल्लो वर्षभन्दा यसपालि अहिलेसम्म बाहिरिनेको सङ्ख्या झण्डै २० हजारले कम रहेको छ । पछिल्ला विपद्जन्य घटना, भोटेकोशी बाढी, सडकको अवस्था, बढ्दो महँगी तथा वैदेशिक रोजगारीलगायतका कारण दशैँमा काठमाण्डौ छोड्नेहरूको सङ्ख्या केही कमी आएको अनुमान छ ।

यस वर्ष दशैँ मनाउन झण्डै १० लाखले काठमाण्डौ उपत्यका छाड्ने अनुमान गरिएको छ । आज र भोलि पनि कतिपय गाउँघर जानेक्रम चल्नेछ । काठमाण्डौबाट बाहिरिने र भित्रने सबै नाकामा घटस्थापनादेखि बढेको चाप भने अहिले घट्न थालेको छ । आजदेखि सामान्य भन्दा कम मात्रै गाडी चलेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

यस्तै घटस्थापना यता सार्वजनिक गाडीमार्फत काठमाण्डौ उपत्यका भित्रिने यात्रुको सङ्ख्या अहिलेसम्म झण्डै साढे २ लाख जना पुगेको छ । आज अहिलेसम्म कुनै पनि राजमार्ग तथा सडकमा अवरोध नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?