icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

शंकास्पद बिल चेकजाँच गर्दा  २० लाख बराबरको केराउ बोकेको ट्रक नियन्त्रणमा

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिका–७ खैरेनीस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले शंकास्पद बिल बिजकसहित २० लाख रुपैयाँ बराबरको केराउ बोकेको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले रामेछाप, मन्थली नगरपालिका–१३ निवासी २८ वर्षीय सुजन अधिकारीले चलाएको ना ६ ख ४२७५ नम्बरको कन्टेनर ट्रक रोकी जाँच गर्दा केराउको बिल बिजक शंकास्पद देखिएपछि उक्त ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Workplace

ट्रकमा ४०० बोरा (प्रति बोरा २५ केजी) केराउ रहेको छ, जसको अनुमानित मूल्य ८ लाख रुपैयाँ रहेको छ भने ट्रकको अनुमानित मूल्य १२ लाख रुपैयाँ छ। प्रहरीले केराउ, ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देहीमा बुझाएको छ। यसबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?