icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

तीजमा ‘नक्कले भिनाजु ८ – है माया’ सार्वजनिक, रायमाझी परिवारको चर्चा

अर्जुन थापा काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय अर्घाखाँचीका रायमाझी परिवारले यस वर्षको तीजलाई लक्षित गर्दै आफ्नो बहुप्रतिक्षित गीत ‘नक्कले भिनाजु ८ – है माया’ सार्वजनिक गरेका छन्। गायक, सर्जक तथा निर्देशक बिशाल रायमाझीको नेतृत्वमा तयार भएको यस गीतले तीजको मौलिकता र सांस्कृतिक उत्साहलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Workplace

आइतबार सार्वजनिक गरिएको म्युजिक भिडियोले तीज गीतमा फरक स्वाद ल्याउने प्रयास गरेको छ। विशाल रायमाझी, हरिमाया रायमाझी र सर्मिला रायमाझीको संयुक्त स्वर रहेको गीतका शब्द, संगीत र निर्देशन स्वयं बिशाल रायमाझीकै छन्। यसले गीतमा मौलिकता र आत्मीयताको गहिरो अनुभूति दिएको छ ।

गीतको सङ्गीत संयोजन सुनिल परियार, रेकर्डिङ सुमन राना र खुमानसिंह राना, मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्। भिडियोको कथा लेखन, निर्देशन र निर्माण बिशाल रायमाझी स्वयंले सम्हालेका छन्।

भिडियोमा अलिना रायमाझी, सन्चिता बोलखे, अभिषेक खड्का, शिबु पाण्डे, माया रायमाझी लगायत कलाकारहरूको दमदार अभिनयले झनै आकर्षक बनाएको छ। कोरियोग्राफर मुकेश नेपाली, सम्पादक तथा कलरिस्ट राजकुमार मगर, पोस्ट प्रोडक्सन राजकुमार फिल्म्स, पोस्टर डिजाइन लक्ष्मण चौहान र मेकअप सरोज बुढाथोकी रहेको जानकारी दिइएको छ।

भूतपूर्व सफलताको निरन्तरता र दर्शकको साथको अपेक्षा रायमाझी परिवारले गरेको छ ‘नक्कले भिनाजु’ शृङ्खलाका अघिल्ला सात भागले नेपाली दर्शक–श्रोताबाट उल्लेखनीय सफलता हासिल गरेका थिए। यसपटकको आठौं संस्करणले पनि संगीतप्रेमीको मन जित्ने विश्वास गरिएको छ। बिशाल रायमाझीले आफू र आफ्नो परिवारप्रति दर्शकले देखाएको माया र साथको लागि आभार प्रकट गर्दै भनेका छन्:

> “हजुरहरुकै मायाले ‘नक्कले भिनाजु १’ देखि ८ सम्म पुर्‍याउन सफल भयौं। यो वर्ष पनि ‘नक्कले भिनाजु ८ – है माया’ लिएर आएका छौं। तपाईंहरूको सुझाब, सल्लाह, लाइक, कमेन्ट र सेयरको अपेक्षा गर्दछु।”

गीत ‘बिशाल रायमाझी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गएको छ।

‘नक्कले भिनाजु’ मात्र होइन, विविध सृजनामार्फत सक्रियता रायमाझी परिवारले यसअघि पनि ‘पन्जे बाजा लाहुरे टाँसेको’, ‘साइनो हरायो’, ‘गाउँका लाउरे’, ‘पूर्वे धरान’, ‘संगिनी’ जस्ता गीतमार्फत दर्शकको मन जितिसकेका छन्। नेपाली लोक तथा मौलिक गीतको संरक्षण र प्रवर्धनमा यो परिवारको योगदान उल्लेखनीय रहेको छ ।

भिडियो सहित

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?