
समाचार सारांश
Auto Generated by AI
- छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने एक जोडीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
- जातीय विभेद अन्त्य र समाजमा समानता प्रवर्द्धन गर्ने उद्देश्यले 'दलित ऐन, २०८०' अनुसार यो रकम उपलब्ध गराइएको हो।
- रोवाका विकास वि.क. र जुम्लाकी अन्जु बुढाको जोडीले यो प्रोत्साहन रकम प्राप्त गरेका छन्।
रतन बहादुर रावल मुगु -मुगुको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने एक जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको गर्दै आएको छ।
जातीय विभेद अन्त्य गर्दै समाजमा समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले उक्त सहयोग प्रदान गरेको हो । छायाँनाथ रारा नगरपालिकाको ‘दलित ऐन, २०८०’ अनुसार मिति २०८३ साल मंसिर ८ गते मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी नवविवाहित जोडीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।
प्रोत्साहन रकम प्राप्त गर्ने जोडीमा छायाँनाथ रारा नगरपालिका–११ रोवाका २१ वर्षीय विकास वि.क. र जुम्लाको पातारासी गाउँपालिका–५ लोरपाकी २१ वर्षीया अन्जु बुढा रहेका छन् ।
नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गरेको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो । छायानाथ रारा नगरपालिकाका नगर प्रमुख प्रशासकीय अधिकृत पत्रकारको पनि उपस्थिति रहेको
अहिलेसम्म अन्तर्जातीय विवाह गर्ने जोडीले निरन्तर रकम
नगरपालिकाबाट आइरहेका छन्।

