बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनीले फागुन १७ गते शनिबार प्रदेशस्तरीय आमसभा बुटवलमा गर्ने भएको छ ।

बिहीबार बुटवल मा पत्रकार सम्मेलन गरेर राप्रपाले शनिबार आयोजना गर्ने कार्यक्रमबारे जानकारी दिएको हो ।
प्रदेश अध्यक्ष प्रदीप उदयले सातै प्रदेशमा जनसभा गरिरहेको र बुटवलमा प्रदेशको शक्ति प्रदर्शन गरिने र पार्टीका सबै शीर्ष नेताहरूले सम्बोधन गर्ने बतायका छन ।
सरकारविरूद्वको खबरदारी हो, विभिन्न क्षेत्रबाट मोटरसाइकल र्याली पनि गरिने छ।
देशमा बढेका विकृति र विसंगतिविरूद्वको अभियान राप्रपाले सुरू गरेको अध्यक्ष ले बताय ।
यसलाई जनजागरणका रूपमा लिएका हौं’, उनले भने, ‘मुलुकले निकास खोजेको र
सबै अट्ने नयाँ समझदारी गरेर अगाडि जानुपर्छ ।
राष्ट्रियता संकटमा परेकोले सबै जाग्न जरुरत छ ।’
अध्यक्ष उदय ले अहिलेको गणतन्त्र र प्रदेश संरचना नै नमानेको तर यही संविधानलाई मानेर आन्दोलन गरेको बताए ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार समिति अध्यक्ष तथा पूर्वमन्त्री निरन्जन थापाले देशमा अहिलेको अवस्थाले धेरैलाई चिन्ता थपेकोले पार्टीले यस्तो अभियान थालेको बताएका छन् ।
‘यो मुलुकमा राजसंस्था चाहिन्छ, हिन्दू राज्य चाहिन्छ।
भनेर हामीले पहिलेदेखि नै भन्दै आएका छौ, त्यसैलाई आधार बनाएर काम गरेका छौ’, उनले भने ।
१७ गतेको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, ज्ञानेन्द्र शाही सहितका शीर्ष नेताहरूको उपस्थिति रहने छ ।
