icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

गायक शेषनारायण पोखरेलको मेरो अर्घाखाँची हाम्रो अर्घाखाँची बोलको गीतको छायांकन मङ्सिर ४,५ र ६ गते अर्घाखाँचीमा हुँदै

माधव पौडेल अर्घाखाँची –  मङ्सिर ३, अर्घाखाँची
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर १ पणेनामा जन्मनुभएका गायक शेषनारायण पोखरेलले मेरो अर्घाखाँची हाम्रो अर्घाखाँची बोलको गीत सार्वजनिक गर्नुभएको छ। जुन गीत मा शब्द गायक शेषनारायण पोखरेल को रहेको छ भने जसमा स्वर शेषनारायण पोखरेल र गायिका गोमा न्यौपाने ले दिनुभएको छ।

Workplace

जुन गीतमा डाइरेक्टर सुरज खनाल ,कोरियोग्राफर सन्जिला/ सुमित्रा ,प्रोडक्सन म्यानेजर सुमन खनाल ,ड्रोन सुरज घिमिरे, क्यामरा विशाल परियार, साउन्ड गुनाखर अधिकारी ,लाइट रमेश ओली /सबिन घिमिरे मेकअप अनिषा नानु को रहेको छ भने पोस्ट प्रोडक्सन संन्सा फिल्मस् को रहेको छ जुन गीत को छायाङ्कन भने आउँदो मङ्सिर ४ ,५ र ६ गते अर्घाखाँची का विभिन्न पर्यटकीय स्थलहरूमा हुँदैछ।

जुन गीतमा चर्चित मोडल सुरेश कोहोनि र स्मारिका ढकाल को अभिनय रहनेछ त्यसैगरी पाणिनी गाउँपालिका भित्रका नाच्न जानेका प्रतिभाहरूलाई पनि नाच्ने अवसर दिइने यस गीतका सर्जक शेषनारायण पोखरेलले जानकारी दिनुभएको छ। जस अन्तर्गत पाणिनी गाउँपालिकाको पाणिनी तपोभूमि दह, दुर्वाशेश्वर गुफा , छत्रदेव गाउँपालिकाको बल्कोट पौवा, मालारानी गाउँपालिका, भूमिका स्थान नगरपालिकाको मृगस्थल झरना, सन्धिखर्क नगरपालिकाको अर्घाभगवती मन्दिर ,भूमिका स्थान नगरपालिकाको सुपा देउराली मन्दिर लगायतका ठाउँहरूमा छायाङ्कन हुनेछ ।

गायक शेषनारायण पोखरेलले यसअघि पंचायण आरति,ब्रर्मा बिस्नु महेस्वरकाे निर्गुण भजन, दसम आरति कृष्ण आरति स्वथानि दुर्गा आरति भजन लक्ष्मि पुकार भजन निकालिसकेका छन् । उनले छायाङ्कनको दिन अर्घाखाँची बासीहरूलाई छायाङ्कन हुने ठाउँमा उपस्थितिको लागि समेत निमन्त्रणा गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?