नेपाली छात्राको आत्महत्या प्रकरण: केआईआईटी संस्थापकलाई स्पष्टीकरणका लागि बोलावट, अहिले सम्म ११जाना गिरफ्तार

नयाँ दिल्ली – नेपाली छात्राको आत्महत्या प्रकरणमा कारबाही, उच्चस्तरीय समितिद्वारा केआईआईटी संस्थापकलाई स्पष्टीकरणको लागि बोलाइएको छ उच्च शिक्षा विभागले सामन्तलाई पठाएको पत्रमा भनिएको छ, ‘तपाईंलाई अनुरोध गरिन्छ  फेब्रुअरी २१ का दिन बेलुकी ६:३० बजे राज्य अतिथिगृहमा उपस्थित भई पर्याप्त प्रमाणस्वरूप आवश्यक कागजातहरू पेश गर्नुहोला।’ पत्रमा उल्लेख गरिएको छ ।

Workplace

छात्रावासमा एक नेपाली छात्राको कथित आत्महत्या तथा त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई जबरजस्ती बाहिर निकालिएको घटनालाई लिएर अनुसन्धान तीव्र बनाइएको थियो । अब ओडिशा सरकारको उच्चस्तरीय समितिले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का संस्थापक अच्युत सामन्तलाई शुक्रबार उपस्थित हुन निर्देशन दिएको छ।

उच्च शिक्षा विभागले सामन्तलाई पठाएको पत्रमा भनिएको छ, ‘तपाईंलाई अनुरोध गरिन्छकि  फेब्रुअरी २१ का दिन बेलुकी ६:३० बजे राज्य अतिथिगृहमा उपस्थित भई आवश्यक प्रमाणहरू प्रस्तुत गर्नुहोला।’

गृह विभागका अतिरिक्त प्रमुख सचिव सत्यब्रत साहूको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। यस समितिलाई आत्महत्या भएको परिस्थितिको अनुसन्धान गर्ने, संस्थानका अधिकारीहरूको मनोमानी कारबाही, विद्यार्थीहरूको एउटा समूहलाई मात्र नोटिस जारी गर्ने, उनीहरूलाई अनिश्चितकालका लागि कलेजबाट निष्कासित गर्ने जस्ता घटनाहरूको छानबिन गर्ने जिम्मेवारी दिइएको छ।

यसअघि जाँच समिति बुधबार केआईआईटी पुगेको थियो। सो क्रममा केही नेपाली विद्यार्थीहरूसँग छलफल गरिएको थियो, जसलाई संस्थानका कर्मचारीहरूले विरोध प्रदर्शन गरेको कारण दुर्व्यवहार गरेको आरोप छ। उच्च शिक्षा मन्त्री सूर्यवंशी सूरजले भने, ‘समितिलाई अनुसन्धानका लागि जोसुकैलाई बोलाउने अधिकार छ। यो समिति कानूनी आधारमा काम  गरिरहेको छ।’ उनले थपे, ‘राज्य सरकार विद्यार्थीहरूको हितको रक्षा गर्न प्रतिबद्ध छ। नेपाल दूतावासका अधिकारीहरूसँग पनि छलफल गरिएको छ र सम्बन्धित विद्यार्थीहरूलाई घटनाक्रमबारे जानकारी दिइएको बताएका छ्न।

के हो त घटना?

केआईआईटीमा अशान्ति तब सुरु भयो जब आइतबार दिउँसो नेपालकी २० वर्षीया छात्रा प्रकृति लाम्सालले कथित रूपमा आत्महत्या गरिन्। सो घटना भएपछि नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै न्यायको माग गरेका थिए। तर, प्रदर्शनबाट असन्तुष्ट बनेको केआईआईटी प्रशासनले करिब १,००० नेपाली विद्यार्थीहरूलाई निलम्बनको नोटिस जारी गर्दै सोमबारसम्म क्याम्पस छोड्न आदेश दिएको थियो र जबर्जस्ती क्याम्पस खाली गर्न दबाब बनाएको थियो ।

आरोपी हिरासतमा, आत्महत्याका लागि उक्साएको आरोप

यसैबीच, प्रहरी आयुक्त एस. देव दत्ता सिंहका अनुसार प्रहरीले २१ वर्षीय एक इन्जिनियरिङ विद्यार्थीलाई तीन दिनको हिरासतमा लिएको छ, जसलाई नेपाली छात्रालाई आत्महत्या गर्न उक्साएको आरोपमा पक्राउ गरिएको हो। ती विद्यार्थीलाई आइतबार साँझ, प्रकृति लाम्सालको मृत्यु भएको केही घण्टापछि, शहरबाट भाग्न खोज्दा बीजू पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो। आरोपअनुसार, उनले छात्रालाई ब्ल्याकमेल तथा गालीगलौज गर्दै आएका थिए।

 थप पाँच कर्मचारी गिरफ्तार सहित ११ जना उक्त घटनामा पक्राउ परेका छ्न 

ओडिशा प्रहरीले बिहीबार केआईआईटीका पाँच कर्मचारीलाई नेपाली विद्यार्थीहरू माथि आक्रमण गरेको आरोपमा पक्राउ गरेको छ। यो हमला त्यतिबेला भएको थियो जब उनीहरू संस्थानको निर्देशनअनुसार छात्रावास खाली गरिरहेका थिए। यससँगै, केआईआईटी प्रकरणमा पक्राउ पर्ने व्यक्तिहरूको संख्या ११ पुगेको छ, जसमा एक इन्जिनियरिङ विद्यार्थी पनि रहेका छ्न  छन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?