जेनजिको  नेतृत्वमा भ्रष्टाचारविरुद्धको आन्दोलन जारी, भोलि देशभर श्रद्धाञ्जली सभा

काठमाडौं, भदौ २३ (सोमबार) –  (Gen Z) पुस्ताले अघि बढाएको भ्रष्टाचारविरुद्धको राष्ट्रिय आन्दोलन सोमबार पनि देशभर जारी रह्यो। राजधानीसहित विभिन्न स्थानमा भएका प्रदर्शनलाई अराजक बनाउन गरिएको प्रयास आयोजकहरूले असफल पार्दै आन्दोलनलाई शान्तिपूर्ण ढंगले निरन्तर अघि बढाउने घोषणा गरेका छन्।

Workplace

प्रेस विज्ञप्तिमा जनाइएको छ कि देशका युवाहरू भ्रष्टाचार, बेथिति र अन्यायविरुद्ध सडकमा उत्रिन बाध्य भएका हुन्। आन्दोलनकारीहरूको भनाइमा, “आजसम्म २० भन्दा बढी युवाले ज्यान गुमाइसकेका छन् भने हजारौं घाइते भएका छन्। युवाको रगत बग्दा पनि सरकार मौन छ, जनताको बलिदानलाई सम्मान गर्नुको सट्टा सरकारले दमन गरिरहेको छ।”

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आयोजकहरूले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले आन्दोलनलाई अझ अनुशासित र संगठित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्, “परिवर्तन सजिलो छैन, तर सम्भव छ। युवाहरू लामो समयसम्म लड्न तयार छन्।”

आन्दोलनका संयोजक पुष्पसेन यादव, सबल गौतम र ‘आम नेपाली युवा – भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय आन्दोलन’ ले अपिल गर्दै भोलि २०८२ भदौ २४ गते (मंगलबार) देशभरका प्रत्येक स्थानमा शहीद भएका वीर युवाहरूको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गर्न सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई आह्वान गरेका छन्। साथै, अन्य कार्यक्रमहरूको जानकारी सम्पर्कमा रहेका संयोजकहरूले सार्वजनिक गर्ने जनाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?