सैनामैना दुधराक्ष कप: आर्मी र पुलिसबीच उपाधि भिडन्त आज

रुपन्देही – सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।

Workplace

पहिलो सेमिफाइनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने, दोस्रो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेश भलिबल क्लबलाई हराउँदै उपाधि दौडमा स्थान बनाएको हो।

प्रतियोगिताका विजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित सिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ३ लाख ३३ हजार ३३३ रुपैयाँ, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १११ रुपैयाँ, र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन्।

यस्तै, उत्कृष्ट खेलाडीलाई १५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ। स्पाइकर, डिफेन्डर, ब्लकर, सेटर, र प्रशिक्षकलाई जनही ७ हजार ७७७ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक दुधराक्ष क्लबले जनाएको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?