असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण बागलुङमा ६१ घर बगे

समाचार सारांश
Auto Generated by AI
  • असोज ९ देखि ११ सम्मको बाढीपहिरोमा परी बागलुङमा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन्।
  • जिल्लाका विभिन्न स्थानमा गरी ६१ घरगोठ पूर्ण रूपमा बगेका छन् र ५१ घरमा आंशिक क्षति पुगेको छ।
  • बाढीले भौतिक संरचनासँगै विद्यालय, जलविद्युत् आयोजना, पुल र ठूलो संख्यामा पशुचौपायमा क्षति पुर्‍याएको छ।

काठमाडौं।असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण बागलुङको निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।

Workplace

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बाढीपहिरोले जिल्लामा ६१ घर र गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति भएको छ ।

बागलुङका ५१ घर र १० गोठ बाढीले बगाएको छ । बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालय बगाएको छ । तीनवटा झोलुंगे पुल बगाएको र दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुईवटा जलविद्युत् आयोजनामा आंशिक क्षति, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा क्षति पुगेको छ । २५६ वटा पशुचौपाय क्षति भएको छ भने २१५ वटा कुखुरा मरेका छन् ।

निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन् । पहिरोमा परी चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ ।

निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ ।

तमानखोला–३, धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बडिगाड –९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?