अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा सरकारलाई तीन वर्ष चल्न दिनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने धारणा राखेका हुन।

Workplace

शनिबार काठमाडौं मा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापा ले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने र यस अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने बताएका छन।

उनले यसअघि चलेका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्यौलता देखिएको बताएका हुन।

सरकारमा रहँदा राम्रो भन्ने र त्यसबाट बाहिर निस्कदा आफैँ संलग्न रहेको सरकारले गरेका कामलाई नराम्रो भन्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले पटक/पटक गठबन्धनको सरकार बन्ने र सरकारले गरेका कामको जिम्मा नलिने कुरालाई तोड्न सक्नुपर्ने बताए।

अबको तीन वर्षमा देखिने गरि काम गर्ने र त्यसलाई लिएर ८४ को निर्वाचनमा जनतामाझ जाने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले संघीयताका बिषयमा बेठीक कुरा हुने गरेको भन्दै अहिले समस्या प्रदेशमा नभई संघमा देखिएको जिकिर गरे।

तीन तहको सरकारले एक–अर्काको अधिकार खोस्ने काम गर्न नहुने थापाको भनाई छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?