राजनीति यात्रामा असफलता स्वीकार्दै जनताको सेवामा अडिग राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य रवि दन्त मिश्र

अनिल नेपाली 

Workplace

कपिलवस्तु — राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य रवि दन्त मिश्रले देश आफ्नै विचार, संस्कृति र सभ्यतामा चल्न नसकेको टिप्पणी गरेका छन्। कपिलवस्तुको शिवराज नगरपालिकामा बसोबास गर्दै जनताको सेवामा निरन्तर क्रियाशील मिश्रले वर्तमान शासन प्रणाली र संविधानले जनतालाई उपेक्षा, विभेद, र शोषण गरिरहेको दाबी गरे। उनका अनुसार, जनतालाई न्याय दिलाउनु नै आफ्नो मुख्य कर्तव्य हो।

२०५९ सालमा मात्र २१ वर्षको उमेरमा राजनीतिक यात्रा सुरु गरेका मिश्र २०५४ सालमै लालपुर गाविसका अध्यक्ष बनेर जनताको जीवनस्तर उकास्ने प्रयासमा लागे। पहाडी र मधेसी समुदायबीचको दरार हटाउँदै समाजमा समानता ल्याउने उद्देश्यले उनले निरन्तर संघर्ष गरे।

२०७० सालको दोस्रो संविधानसभामा राष्ट्रिय सम्भावना पार्टी नेपालबाट उम्मेदवारी दिए पनि सफलता हात पार्न सकेनन्। त्यसपछि २०७४ सालमा कपिलवस्तु क्षेत्र नम्बर ३ ‘क’ बाट राष्ट्रिय जनता पार्टी (राजपा) को तर्फबाट प्रतिस्पर्धा गरे, तर ४२३ मतले पराजित भए।

निरन्तर असफलतासँग जुध्दै आएका मिश्र २०७९ सालमा लोसपा नेपालबाट पुनः उम्मेदवार बने, तर फेरि पनि ४ मतले पराजित भए। राजनीतिक संघर्षकै क्रममा पाँच वर्ष जेल जीवन व्यतीत गरेका उनले असफलतालाई पनि सफलताको प्रतीकका रूपमा लिए।

मिश्र भन्छन्, “क्षेत्रीयताको राजनीतिले जनतालाई पछाडि धकेलिरहेको छ। मेरो लक्ष्य जनताको सेवा हो, त्यसैले बिहानैदेखि रातिसम्म उनीहरूको काममा व्यस्त रहन्छु।”

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?