icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

साँखुमा अनियन्त्रित टिपर टहरामा ठोक्किँदा तीन जनाको मृत्यु

काठमाडौ – काठमाण्डौको साँखुमा अनियन्त्रित टिपर टहरामा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले सञ्चालन गरेको आश्रयस्थलमा टिपर ठोक्किँदा दुई बालक र एक वयस्कको ज्यान गएको हो।

Workplace

शंखरापुर नगरपालिका-६, साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा आज बिहान ३:३० बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक किनारको टहरामा ठोक्किएको जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिनुभयो।

मृत्यु हुनेमा नाम थर नखुलेका बालकहरू आकाश र सुमन तथा ४५ वर्षीय हरिजन रहेको प्रहरीले जनाएको छ। सो कोठामा १० जना सुतिरहेका थिए भने संस्थामा कूल ६१ जना बस्दै आएका थिए।

टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?