गुल्मी छत्रकोटमा भीषण आगलागी, थुप्रै वस्ती जोखिमको खतरा

प्रेम सुनार
गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिका ५ को बडडाँडा आसपासको जंगलमा अहिले साँझ देखि भीषण आगलागी भएको छ। छत्रकोटको साविक ६ र ८ मा पर्ने जंगलमा साँझ करिब सवा सात बजेबाट आगो लागेको स्थानीयबासी विष्णु पन्थले जानकारी दिए ।

Workplace

आगलागिबाट चौपारी टोल, भएरथान टोल, गुर्जिनेटा टोल, कोटटोल लगायतका बस्तीहरू उच्च जोखिमा पर्ने पन्थको भनाई छ ।

आगलागी भएको क्षेत्रमा सल्लाहरू अत्याधिक भएकाले अझै फैलिन सक्ने र वस्ती जोखिममा पर्ने त्रासले करिव डेढ सय जना स्थानीय र खज्र्याङ्र्ग प्रहरी चौकीबट प्रहरीको टोली पनि आई पुगे स्थानीयले बताएका छन । छत्रकोट गाउँपालिकालाई दम्कलको जोह गर्न स्थानीयले आग्रह गरे पछि
रेसुङ्गा नगरपालिकाबाट दमकल मगाईकोे र बाटामा े आउँदै गरेको छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रहरी पुरीले बताए ।

आगो यति बेला झन पछि झन दन्किएको तर  कच्ची सडक देखि तल भएकोले सडक नजिक नआए सम्म आगलागी निभाउन नसकिने बताईएको छ । सडक माथी आगो फैलिए थुप्रै वस्ती जोखिमा पर्ने बताईएको छ । छत्रकोटमा रहेको
रेडियो श्रृंङ्गेश्वर माफर्त आगो नियन्त्रणमा जुट्नु गाउँवासीलाई अनुरोध गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?