पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हुस्सु/कुहिरोका कारण सतर्कता अपनाउन आग्रह

 

Workplace

काठमाडौं: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।

तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ, जसले यातायात, हवाई उडान, स्वास्थ्य तथा कृषि क्षेत्रमा प्रभाव पार्न सक्ने सम्भावना रहेको छ।

दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहने अनुमान गरिएको छ।

रातिको समय पनि कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ, तर अन्य क्षेत्रमा मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ।

आगामी २४ घण्टामा तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्ने सम्भावना भएकाले महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडान प्रभावित हुन सक्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?