नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मात्रै पदभार ग्रहण गर्ने

काठमाडौं- नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मात्रै पदभार ग्रहण गर्ने भएकी छन्।

Workplace

उनको पदभार ग्रहणका लागि शुक्रबार राति सञ्चारकर्मी र सुरक्षाकर्मीहरू सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगे पनि कार्की आफैँ भने पुगिनन्।

स्रोतका अनुसार सम्भवत: गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ। शुक्रबार राति पदभारग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा गएकी छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी आन्दोलनकारीले क्षति पुर्‍याएको कारण सरकारी निवास नगएर उनी आफ्नै निवास गएकी हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति नै प्रतिनिधिसभा विघटन गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?