काठमाडौ – आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा आपराधिक उपद्रवसम्बन्धी मुद्दामा थुनछेक बयान र बहसपछि उक्त आदेश जारी भएको हो।
प्रहरी वृत्त जगातीले तामाङविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो।
यसअघि, तामाङले भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं. ९ र १० को सिमानामा रहेको झोलुङ्गे पुलमा प्रवेश शुल्क लिने विषयमा असहमति जनाउँदै आईकि थिइन्। नगरपालिकाले सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गरेको आरोपमा तामाङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो।
त्यस्तै, पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरूसँग विवाद गर्दै गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा पनि तामाङलाई पक्राउ गरिएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
हाल, अदालतको आदेशअनुसार तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा भईकि छिन।
