
- मुगुको छायाँनाथ रारा नगरपालिका ११ रोवा गाउँमा आज अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ।
- लामो समयदेखि प्रहरी सेवाबाट वञ्चित १० हजारभन्दा बढी स्थानीय बासिन्दा यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।
- एक दिनको यात्रा गर्नुपर्ने बाध्यता हटेपछि स्थानीय नागरिकमा सुरक्षा र सेवाको पहुँचप्रति नयाँ आशा पलाएको छ।
मुगु जिल्ला को छायाँनाथ रारा नगरपालिका वडा नं११रोबा गाउँमा अस्थायी प्रहरी चौकी आज स्थापना गरिएको छ। दुर्गम क्षेत्रमा बसेका हजारौं नागरिकको सुरक्षा भरोसा र पहुँचको नयाँ अध्याय हो। मुगु जिल्ला आफैंमा ‘क’ वर्गको दुर्गम जिल्ला हो। त्यसमाथि सबैभन्दा बढी जनसंख्या भएको रोबा गाउँमा हालसम्म प्रहरी चौकी नहुनु वास्तवमै दुःखद विषय थियो। आज बाट स्थापना भएर यस चौकीबाट करिब १० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने छन।
यसै गरि छायाँनाथ रारा नगरपालिका वडा नं,१० ११ र १२ साविक रोवा गा.वि.स अन्तर्गत रोवा गाउँमा अस्थायी प्रहरी पोष्ट उद्वघाटन कार्यक्रम म। जिल्लाका सरकारवाला निकाय र स्थानीय बासीहरूको सम्पूर्णको उपस्थिति आज स्थापना गरिएको छ। स्थानीय बासीहरूले बोल्दै पहिले प्रहरी सेवा लिन करिब एक दिनसम्म यात्रा गर्नुपर्ने बाध्यता थियो, अब भने यही क्षेत्रमा सहज रूपमा सेवा उपलब्ध हुने स्थानीयवासीको भनाइ रहेको छ। यो परिवर्तन केवल सुविधा होइन, यो जनताको आत्मविश्वास र सुरक्षामा ठूलो फड्को हो। आशामा रहेको बताएका छन। जिम्मेवारी र हाम्रो सहकार्यको प्रतीक हो। यस उपलब्धि सम्म पुग्न पुगेको बताएका छन्।
त्यस्तै सामाजिक अभियन्ता अनिल बानियाले करिब २ महिना निरन्तर पहल, समन्वय र प्रयास गरेको गरेका थिए जिल्ला सुरक्षा समितिको बैठकमार्फत आवश्यक पहिचान गरी, नेपाल प्रहरी हेडक्वार्टरसम्म निरन्तर पहल गर्दै आएका थिए बानियाँ ले यस महत्वपूर्ण कार्यमा सहयोग गर्नु हुने नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ सचिव राजकुमार श्रेष्ठ ज्यु, प्रहरी महानिरीक्षक दान बहादुर कार्की ज्यु, सह-सचिव काली प्रसाद पराजुली ज्यु, मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यु, जिल्ला प्रहरी प्रमुख ज्यु छाँयानाथ रारा नगरपालिका नगर प्रमुख विष्णु कुमार भाम अध्यक्ष पिर मल्ल सम्बन्धित वडाका अध्यक्ष लगाएत सम्पूर्ण व्यक्तिहरूको सङ्घर्ष र प्रयासले यो काम सफल भएको म खुसी व्यक्त समेत गरेका छन्।
छायाँनाथ रारा नगरपालिका वडा नं,१०,११ र १२ का वडाअध्क्षय कुन्जुमा कुमाई छायाँनाथ रारा नगरपालिका को निति तथा कार्यक्रम अन्तर्गत तथा अस्थायी प्रहरी पोष्ट व्यवस्थापन निर्णय र सिफारिस गर्ने सम्पूर्ण नगर सभा तथा कार्यपालिका सदस्य ज्युहरु जिल्ला सुरक्षा समितिका संयोजक लगायत सम्पूर्ण पदाधिकारी ज्युहरु हाल तत्कालै निर्णय कार्यान्वयन तहमा पुर्याउनु हुने। युवा सामाजिक अभियन्ता अनिल बानियाँ कार्यक्रम मार्फत त्यहाँका स्थानीय बासीले सबैप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

