वाग्मती सफाइ अभियानमा जनप्रतिनिधिको सक्रियता: तीन मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरू वाग्मती सफाइ अभियानमा सक्रिय हुँदै आएका छन्। शनिबार तिलगङ्गा निलो पुलमा महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा ६१०औँ हप्ताको वाग्मती सफाइ सम्पन्न भयो।

Workplace

वडासदस्यहरू टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल, कामनपा वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकारलगायत जनप्रतिनिधि, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र वाग्मती सफाइ अभियानकर्मीको सक्रियतामा नदी किनारबाट तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ।

कामनपा वडा नं ९ र ८ को संयुक्त पहलमा महानगरीय प्रहरी बलका प्रहरी नायब उपरीक्षक शिव पौडेलको नेतृत्वमा २० जनाको टोलीले तिलगङ्गा पुलदेखि प्रयागघाटसम्म दायाँबायाँ किनारमा सरसफाइ तथा बिरुवा गोडमेल गर्ने कार्यक्रमसमेत सुरु गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

२०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान हरेक हप्ता नियमित रूपमा सञ्चालन हुँदै आएको छ। यसपटकको अभियानले स्थानीयवासी र जनप्रतिनिधिबीचको सहकार्यलाई थप मजबुत बनाएको देखिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको मुगम कार्मारोङ ले छायांनाथ अल्ट्रा रेस’ आयोजना गर्दै

छुटाउनुभयो कि ?