अक्कल कोपिला फाउन्डेसनद्वारा मुगुका तीन विद्यालयका १८६ विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण विद्यालयमै स्टेसरी सामग्री पुगेपछि खुसी ।

समाचार सारांश
Auto Generated by AI
  • अक्कल कोपिला फाउन्डेसनले मुगुका तीनवटा विद्यालयका १८६ जना विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ।
  • आर्थिक अभाव र विकटताका कारण शिक्षाबाट वञ्चित नहोस् भन्नका लागि फाउन्डेसनले गाउँमै पुगेर सहयोग गरेको हो।
  • सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्त हुँदै शैक्षिक सामग्री पाएपछि स्थानीय विद्यार्थी तथा अभिभावक हर्षित भएका छन्।

रतन रावल मुगु, २६ असार
मुगु जिल्लाको दुर्गम गाउँका बालबालिकाहरू लागि शिक्षामा टेवा पुर्‍याउने उद्देश्यका साथ अक्कल कोपिला फाउन्डेसन ले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई स्टेसनरी सामग्री वितरण गरेको छ। फाउन्डेसनले मुगुको छायाँनाथ रारा नगरपालिका का तीनवटा फरक-फरक विद्यालयमा पुगेर कुल १८६ जना बालबालिकाहरूलाई स्टेसनरी सामग्री सहयोग गरेको हो।तीन विद्यालयका १८६ विद्यार्थी लाभान्वित भएका छन
फाउन्डेसनले छायाँनाथ रारा नगरपालिका वडा नम्बर १०, झाकोट गाउँमा अवस्थित श्री डिलाले आधारभूत विद्यालयका १०२ जना विद्यार्थीहरूलाई स्टेसनरी  सामग्री वितरण गरेको छ। यसैगरी, सोही नगरपालिकाको वडा नम्बर ११ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ३२ जना र रङ्च्याकाटीमा अवस्थित श्री भवानी आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरूलाई पनि स्टेसनरी  सामग्री प्रदान गरिएको छ।विगतको पीडा र संस्थापकको प्रतिबद्धता
स्टेसरी सामग्री वितरण गर्दै अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बहादुर बोहरा ले आफ्नो बाल्यकालको तीतो अनुभव र पीडा स्मरण गर्नुभयो। सानै उमेरमा आर्थिक अभाव र भौगोलिक विकटताका कारण आफू पढ्नबाट वञ्चित हुनुपरेको भावुक कथा सुनाउँदै उहाँले भन्नुभयो, “मैले कपी र डटपेन नपाएर पढ्न पाइनँ, तर अब मुगुका कुनै पनि बालबालिकाले एउटा कपी र कलम नभएकै कारण आफ्नो पढाइ अधुरो छोड्नुपर्ने स्थिति आउन दिने छैन।”

Workplace

विगतमा मुगुका ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई एउटा कपी वा डटपेन किन्नकै लागि पनि झण्डै ४ घण्टा लामो कठिन पैदल यात्रा गरेर सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता थियो। यसले बालबालिकाको समय बर्बाद हुनुका साथै पढाइमा समेत ठूलो बाधा पुग्थ्यो। यही बाध्यता र सास्तीलाई नजिकबाट नियालेका संस्थापक बोहराकै विशेष पहलमा फाउन्डेसनले यो अभियान चलाएको हो।

गाउँमै सामग्री पाउँदा स्थानीयमा खुसीयाली
सदरमुकाम धाउनुपर्ने बाध्यताका बीच अक्कल कोपिला फाउन्डेसनका प्रतिनिधिहरू स्वयं विकट गाउँ र विद्यालयको प्राङ्गणमै पुस्तक, कपी, र कलम जस्ता आवश्यक सामग्री लिएर पुगेपछि स्थानीय स्तरमा उत्साह छाएको छ। गाउँमै स्टेसनरी  सामग्री पाएपछि विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय बासिन्दाहरू निकै खुसी भएका छन्।

स्थानीय अभिभावक मुन्दिरा साउथ ले भन्नुभयो फाउन्डेसनको यो कार्यले आफूहरूलाई ठूलो आर्थिक राहत मिलेको र बालबालिकाहरूमा पढ्ने उत्साह थपिएको बताएका छन्। विद्यालयका प्रधानाध्यापक गोर्ख बहादुर मल्ल ले पनि विकट क्षेत्रका बालबालिकाको उज्यालो भविष्यका लागि फाउन्डेसनले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन्।फाउन्डेसनले आगामी दिनमा पनि मुगुका अन्य दुर्गम क्षेत्रहरूमा शैक्षिक तथा सामाजिक रूपान्तरणका यस्ता सहयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?