काठमाडौं, = चर्चित अभिनेत्री तथा सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको एक टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार, तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनलाई थप अनुसन्धानका लागि गौशाला स्थित प्रहरी परिसरमा लगिएको रजौरेले बताएका छ्न। आसिका तामाङ्गले उठाएका एजेण्डा राम्रा, तर शैली अराजक भनेर सामाजिक संजालमा भने बिरोध देखन सकिन्थ्यो ।
तामाङको पक्राउ र मुद्दासँग सम्बन्धित थप विवरण प्रहरीले भने सार्वजनिक गरेको छैन, उक्त पक्राउ पोछी भने यतिबेला सामाजिक सञ्जालमा निकै चासोको साथ जनमानसले हेरिरहेका छ्न ।
