मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बालुवाटारमा, नियमित प्रस्ताव र शिक्षक–कर्मचारीका मागबारे छलफल हुने

काठमाडौँ, १५ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बालुवाटारमा आह्वान गरेका छन्। बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत भएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय गरिने बताइएको छ ।

Workplace

साथै, हाल आन्दोलनरत रहेका शिक्षक तथा सरकारी कर्मचारीहरूले उठाएका मागहरूबारे पनि बैठकमा विशेष छलफल हुने बताइएको छ। बैठकले शिक्षक–कर्मचारीका माग सम्बोधनका लागि आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।

सरकार र आन्दोलनरत पक्षबीच हालसम्म वार्ता सफल हुन नसकेपछि मन्त्रिपरिषद् बैठकले रणनीति तय गर्ने सम्भावना रहेको बताइएको छ। हिजो मात्र  शिक्षक र प्रहरी बीच दोहोरो झडप भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?