काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा शुभकामना व्यक्त गर्दै, चाडपर्वले नेपाली समाजमा सुमधुर सम्बन्ध र सामाजिक सद्भावलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरेका छन्।

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा यस्ता पर्वहरूले विविधतामा एकता कायम राख्दै राष्ट्रिय भावनाको जगेर्ना गर्न सघाउने धारणा व्यक्त गरे।
शुभकामना सन्देशमा सभापति देउवाले नेपालका विभिन्न जातजाति र समुदायहरूले माघे सङ्क्रान्तिलाई विशेष पर्वका रूपमा मनाउँदै आएको बताउँदै, यसले सबै वर्ग, धर्म, जातजाति र पेसा अँगाल्ने नेपालीबीच आपसी मेलमिलाप र सद्भाव अभिवृद्धि गर्ने उल्लेख गरे।
विशेषतः थारू समुदायलगायत यस पर्वलाई विशेष चाडका रूपमा मनाउने सबैलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै देउवाले सामाजिक एकता र समृद्धिको कामनासमेत गरेका छन्।

