सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री बालेनको पहिलो बैठक आज

समाचार सारांश
Auto Generated by AI
  • नयाँ सरकारले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय बैठक बस्दैछ।
  • विकास निर्माण, स्रोत बाँडफाँड र प्रदेशका प्रशासनिक–आर्थिक समस्यामा केन्द्रित छलफल हुनेछ।
  • संघीयताको प्रभावकारी कार्यान्वयन र जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउन समन्वय सुदृढ गर्ने लक्ष्य छ।

काठमाडौं । वालेन्द्र शाह (बालेन)ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय बैठक बस्दै छन् ।

Workplace

दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित छलफल हुने बताइएको छ ।

- Advertisement -Workplace

त्यसैगरी, राष्ट्रिय प्राथमिकताका योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि केन्द्र–प्रदेश समन्वयलाई थप सुदृढ बनाउने उपायबारे पनि विचारविमर्श हुने जनाइएको छ ।

बैठकमा देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन प्रवर्द्धनका विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत हुने अपेक्षा गरिएको छ ।

यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै जनतामा प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?