समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री र रवि लामिछानेले संसद्को मर्यादा उल्लंघन गरेका छन्।
  • बोल्दै गरेका सांसदको अगाडिबाट हिँडेर उनीहरूले नियमावली तोडेका हुन्।
  • प्रधानमन्त्री लामो समयपछि संसद्मा पुगे पनि सामान्य अनुशासन कायम गर्न चुकेका छन्।

काठमाडौ – प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले संसदीय मर्यादाको उल्लंघन गरेका छन्।

Workplace

मंगलबार दुवै जना एकसाथ आकस्मिक रुपमा संसदमा उपस्थित भए पनि प्रतिनिधिसभा नियमावली र संसदीय मर्यादाको ख्याल शाह र लामिछानेले नगरेका हुन्।

- Advertisement -Workplace

संसदमा कुनै सदस्यले बोलिरहेको अवस्थामा उसको अगाडिबाट हिड्न नहुने भए पनि राप्रपा सांसद खुश्बु ओली बालिरहँदा लामिछाने र शाह बैठक कक्षमा प्रवेश गरेका हुन्।

प्रतिनिधिसभा नियमावली २०८३ को नियम २० (छ) अनुसार बोलिरहेको सदस्य र सभामुखको बीचबाट हिड्न नहुने उल्लेख छ।

जसमा भनिएको छ, ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने।’

तर संसदको नेतासमेत मानिने प्रधानमन्त्री शाहले बैठकमा पालना गर्नुपर्ने न्युनतम मर्यादा पनि पालना नगरेको भन्दै एमाले प्रमुख सचेतक ऐन महरले आपत्ति जनाए। तर सभामुख अर्यालले त्यसलाई सुनेको नसुन्यै गरे।

प्रधानमन्त्री शाह जेठ १७ गतेपछि पहिलोपटक संसदमा पुगेका हुन्। नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएर संसदबाट हिँडेका शाह त्यसपछि सदनमा गएका थिएनन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?