पोशाक खरिदमा हिनामिना भएको उजुरीबारे जवाफ दिदै महानिरीक्षक दानबहादुर कार्कीले के भने ?

समाचार सारांश
Auto Generated by AI
  • निर्वाचन प्रहरीको पोशाक खरिदमा ६० करोड हिनामिना भएको उजुरीमाथि प्रहरी महानिरीक्षकले स्पष्टीकरण दिएका छन्।
  • तोकिएको रकम व्यापारीको व्यक्तिगत खातामा भुक्तानी भएको र उजुरीहरू निराधार तथा बेनामी रहेको उनले बताएका छन्।
  • गृहसचिवले पोशाक खरिद प्रक्रिया विगतकै मापदण्डअनुसार कानुनसम्मत रूपमा नै भएको जिकिर गरेका छन्।

काठमाडौ – पोशाक खरिदमा ६० करोड हिनामिना भएको भनि संघीय संसद्को लेखा समितिमा परेको उजुरीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जवाफ दिएका छन् ।

Workplace

फागुन २१ को निर्वाचनमा निर्वाचन प्रहरीको पोशाक खरिदमा ६० करोड हिनामिना भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो ।

- Advertisement -Workplace

जवाफमा उनले पोशाकका लागि तोकिएको रकम व्यापारीको खातामा गएको बताए । तोकिएको रकम व्यक्तिगत खातामा पठाइएको उनको भनाइ छ । उनले बेनामी उजुरीहरू आइरहने र एउटै समूहबाट ३२-३४ वटा उजुरी परेको बताए ।

“प्रहरी संगठनलाई जोडेका विषयले फेरि निर्वाचन गर्नुपर्ला, खरिद कसैले गरिदिएमा सजिलो हुन्थ्यो,” उनले भने, “सुरक्षाको काम प्रहरीको हो ।”

बेनामी उजुरी सबै खरिदमा पर्ने उनले बताए । “खरिद विभाग, खरिद मन्त्रालय भए हामीलाई खुरुखरु काम गर्न सहज हुन्थ्यो,” कार्कीले भने ।

गृहसचिव राजकुमार श्रेष्ठले पोशाक खरिदको मापदण्ड नयाँ नराखिएको बताए । उनले व्यक्तिको खातामा जानुपर्ने रकम कार्यान्वयन भएको र आफूहरूले गरेको कामकारबाही विगतभन्दा फरक नरहेको बताए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?