
- निर्वाचन प्रहरीको पोशाक खरिदमा ६० करोड हिनामिना भएको उजुरीमाथि प्रहरी महानिरीक्षकले स्पष्टीकरण दिएका छन्।
- तोकिएको रकम व्यापारीको व्यक्तिगत खातामा भुक्तानी भएको र उजुरीहरू निराधार तथा बेनामी रहेको उनले बताएका छन्।
- गृहसचिवले पोशाक खरिद प्रक्रिया विगतकै मापदण्डअनुसार कानुनसम्मत रूपमा नै भएको जिकिर गरेका छन्।
काठमाडौ – पोशाक खरिदमा ६० करोड हिनामिना भएको भनि संघीय संसद्को लेखा समितिमा परेको उजुरीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जवाफ दिएका छन् ।

फागुन २१ को निर्वाचनमा निर्वाचन प्रहरीको पोशाक खरिदमा ६० करोड हिनामिना भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो ।
जवाफमा उनले पोशाकका लागि तोकिएको रकम व्यापारीको खातामा गएको बताए । तोकिएको रकम व्यक्तिगत खातामा पठाइएको उनको भनाइ छ । उनले बेनामी उजुरीहरू आइरहने र एउटै समूहबाट ३२-३४ वटा उजुरी परेको बताए ।
“प्रहरी संगठनलाई जोडेका विषयले फेरि निर्वाचन गर्नुपर्ला, खरिद कसैले गरिदिएमा सजिलो हुन्थ्यो,” उनले भने, “सुरक्षाको काम प्रहरीको हो ।”
बेनामी उजुरी सबै खरिदमा पर्ने उनले बताए । “खरिद विभाग, खरिद मन्त्रालय भए हामीलाई खुरुखरु काम गर्न सहज हुन्थ्यो,” कार्कीले भने ।
गृहसचिव राजकुमार श्रेष्ठले पोशाक खरिदको मापदण्ड नयाँ नराखिएको बताए । उनले व्यक्तिको खातामा जानुपर्ने रकम कार्यान्वयन भएको र आफूहरूले गरेको कामकारबाही विगतभन्दा फरक नरहेको बताए ।
