विशाल मिश्र अर्घाखाँची – हामी नेपालीहरूका अनेकन संस्कृति मध्यको एउटा महत्वपूर्ण पर्व तीज हो हामी सबैलाई थाहा नै छ । धार्मिक रूपमा यस्को अर्थ फरक हुन सक्दछ तथापी हाम्रो संस्कृति र परम्परा अलि भिन्न छन । हामीले सानो छँदा बुझेको तीज र आजभोलि भोगेको तीजमा समय संगै धेरै परिवर्तन आएको छ । हामीले बुझेको तीजमा बिशेषगरी हरेक परीवारमा छोरी चेलीलाई नया बस्त्र चोली, पटुकी र साडी फेरीदिने गरिन्थ्यो, तीजमा माइतिबाट छोरी लिन जाने र लिएर आउने चलन थियो ।

माइति लिन नआउदा चेलीहरूले पिडा बोध गर्दथे भने घरकाले माइति लिन नआए सम्म तीजमा माइतिघर पठाउदैनथे । तीजमा छोरी चेली नआउदा दिउसै अध्यारो भएको महशुस हुने गर्दथ्यो । सबै चलीहरू जम्मा भएपछी दरखाने चटारो शुरू हुन्थ्यो । मकैवारीमा फलेका सेमी बोडी, आलुतामा संगै घ्यू राखेको भात (हामीले जसलाई खाजा भन्ने गरिन्थयो) सबै जना जम्मा भएर साँझ पख खाईन्थ्यो, गित गाउने, नाच्ने रमाईलो गरिन्थ्यो । हरितालिका तीजको ब्रत बस्ने आमा दिदी बहिनीहरू राती खीर पकाएर खानुहुन्थ्यो हामीले देखेको त्यही थियो दर । गीतका हरेक शब्द चेलिबेटीका बेदना र भोगाइका मनै छुने खालका हुन्थे ।
हरितालिका तीजमा गाउँका सबैजना डाँडाहरूमा भेला भई गीत गाउने, नाच्ने, दुःख सुख साट्ने गर्दा कम रमाईलो हुँदैन थियो । पञ्चमीको दिन दतीवल गरी सफा भइ सप्त ऋषिको पूजाँ गरेर रमाइलो गरी तीज सम्पन्न हुन्थ्यो । तर अहिले दरको परिभाषा फेरीएको छ, पार्टी प्यालेसहरू महिना भर दरका कार्यक्रमले भरिएका छन् संग संगै हाम्रो परम्परा र संस्कृति पनि बिग्रिदै गएको छ । हामी एक पटक सचेत बन्नै पर्ने छ । जे होस आज खाँजा खाने, दरखाने दिन छ स्वास्थ्यको ख्याल राख्दै राम्रो संग मनाउ तीज । सम्पूर्ण आमा दिदी बहिनीहरूमा तीजको धेरै धेरै शुभकामना ।
