हावाहुरीको प्रकोप : भगवती माध्यमिक विद्यालयको छाना उडायो, विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध

नारायण प्रसाद  गैरे

Workplace

अर्घाखाँची,  — भुमिकास्थान नगरपालिका–९, डेभामा अवस्थित भगवती माध्यमिक विद्यालयमा बिहीबार बेलुकी आएको भीषण हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। विद्यालयको टिनको छाना उडाउँदा भवनभित्र पानी पसि पठनपाठनमा अवरोध सिर्जना भएको छ।

उक्त हावाहुरीका कारण विद्यालय नजिकै रहेको विद्युत् लाइनको तार समेत चुडिएको छ, जसका कारण स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रकोपबाट विद्यालय मात्र नभई स्थानीय बासिन्दा रुद्रवीर थापाको घरको छाना समेत उडाएर ठूलो क्षति पुर्‍याएको छ। विद्यालय प्रशासनले क्षतिको विवरण संकलन गरी स्थानीय तह तथा सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ।

स्थानीय बासिन्दाहरूले चाँडो मर्मत कार्य अघि बढाई विद्युत् सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?