श्रीमतीको ह`त्या गरेपछि श्रीमानले गरे आ`त्म`ह`त्या, छोरा घा`इ`ते

समाचार सारांश
Auto Generated by AI
  • धनुषामा उमेश यादवले ससुराली पुगेर धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
  • आक्रमणबाट उनका ४ वर्षीय छोरा घाइते भएका छन् र उनको अस्पतालमा उपचार भइरहेको छ।
  • श्रीमतीको हत्यापछि फरार रहेका उमेश नजिकैको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

काठमाडौ – धनुषामा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन्।

Workplace

जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४, भरतपुर बस्ने ३५ वर्षीय उमेश यादवले ससुरालीमा गएर धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

- Advertisement -Workplace

धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार गएराति ९ बजेतिर यादव मिथिला बिहारी नगरपालिका-३ मिथिलेश्वरस्थित ससुरालीमा गएकोमा बिहान करिब २ बजे धारिलो हतियार प्रहार आफ्नै श्रीमती ३० वर्षीया रिना यादव र सँगै सुतेका छोरा ४ वर्षीय सम्राट यादवलाई धारिलो हतियार प्रहार गरेका थिए।

इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटेको प्रहरी टोलीले बालकको दाहिने तिघ्रामा काटिएको चोट रहेकोले स्थानीय क्लिनिकमा पठाई प्राथमिक उपचारपश्चात् प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रवक्ता खनालले बताए।

घटनास्थलबाट रगत लागेको चक्कू बरामद गरेको छ भने श्रीमान् तत्काल फरार रहेकोले खोजतलास गर्दा घटनास्थलभन्दा अन्दाजी १ किलोमिटर पश्चिम मिथिला बिहारी २ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?