जेन–जी मुभमेन्टद्वारा ऊर्जामन्त्री कुलमान घिसिङको बर्खास्ती माग

काठमाडौं । ‘जेन–जी मुभमेन्ट’ले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

Workplace

मुभमेन्टले भारतको कम्पनी पीटीसी इण्डियासँग विद्युत खरिद–बिक्री सम्झौतामा ४३ करोड रुपैयाँ बराबरको नोक्सानी हुने गरी अनियमितता भएको भन्दै घिसिङसहित संलग्न पदाधिकारीहरूविरुद्ध कारबाहीको माग गरेको हो।

मुभमेन्टका प्रवक्ता विजय साहद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, “ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नु प्रने बताएइको छ ।

साहका अनुसार विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सबै विद्युत सम्झौताहरू सार्वजनिक गर्नुपर्ने माग गरिएको समेत उल्लेख गरेका छ्न ।

जेन–जी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्न व्यक्तिहरूलाई जेल हाल्न र राज्यको सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तत्काल सुरु गर्न सरकारसँग आग्रह गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?