
समाचार सारांश
Auto Generated by AI
- छायाँनाथ रारा नगरपालिकाले सार्वजनिक बिदाका दिन पनि कार्यालय खोल्ने निर्णय गरेको छ।
- विकास निर्माण र प्रशासनिक कार्य समयमै सम्पन्न गर्न बिदाका दिन ११ देखि ५ बजेसम्म काम हुनेछ।
- नगरपालिकाले सबै कर्मचारीलाई नियमित उपस्थित हुन र सेवाग्राहीलाई सेवा लिन अनुरोध गरेको छ।
रतन रावल मुगु । छायाँनाथ रारा नगरपालिकाले सार्वजनिक विदाका दिन पनि कार्यालय खुला राख्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षका विकास निर्माण, योजना कार्यान्वयन, भुक्तानी तथा प्रशासनिक कार्यहरू समयमै सम्पन्न गर्न नगरपालिकाले यस्तो निर्णय गरेको हो
नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलका अनुसार कार्यालयमा कार्यबोझ अत्यधिक भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन विदाका दिन पनि काम सुचारु गरिनेछ नेपाल सरकार र प्रदेश सरकारले तोकेका सार्वजनिक विदाका दिनहरूमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय खुला रहने जारी सूचनामा उल्लेख छ।
नगरपालिकाले आफ्ना सबै कर्मचारीहरूलाई सम्बन्धित शाखा प्रमुखको समन्वयमा नियमित उपस्थित भई जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ
साथै, सेवाग्राहीहरूलाई आवश्यक सेवा लिनका लागि कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ
यस निर्णयको बोधार्थ जिल्ला प्रशासन कार्यालय मुगु र नगरपालिकाका सबै वडा अध्यक्षहरूलाई पठाइएको छ।
