राजा खोज्ने भूल (लघुकथा)

बाबु रोका मगर

Workplace

दाङ –  पानीभित्रको भ्यागुताहरूको संसार स्वतन्त्र थियो। न कुनै डर, न कुनै चिन्ता। सबै आफ्नो तरिकाले बस्थे, रमाउँथे, नाच्थे, गाइन्थे। कोही कसैको हुकुम मान्न बाध्य थिएन। तर एकदिन केही भ्यागुताहरूले सोच्न थाले—”हामी यति स्वतन्त्र छौँ, तर के हामीलाई कुनै नियम-कानुन चाहिँदैन? अनुशासन नभएको समाज के राम्रो हुन्छ?”

अनि उनीहरूबीच छलफल हुन थाल्यो। “यदि हाम्रो पनि कुनै राजा हुन्थ्यो भने कस्तो होला? कोही हाम्रा लागि नियम बनाइदिने हुन्थ्यो, गल्ती गर्नेलाई दण्ड दिने हुन्थ्यो, हामीलाई राम्रो बाटो देखाउने हुन्थ्यो!” केही भ्यागुताहरू यस विचारमा सहमत भए। उनीहरूलाई लाग्यो, “अब स्वतन्त्रताले मात्र हुँदैन, अनुशासन पनि चाहिन्छ।”

सबै मिलेर देवताका राजा मार्टिन समक्ष प्रार्थना गर्न गए। “हामीलाई एउटा राजा देऊ! हामी चाहन्छौं कि कोही हाम्रो नेतृत्व गरोस्, हामीलाई अनुशासन सिकाओस् र नियम बनाओस्।”

मार्टिनले उनीहरूको कुरा सुनेर हाँसे। “राजा चाहिन्छ? ठीक छ!” भन्दै उनले एउटा काठको मुडो पोखरीमा फालिदिए।

मुडो ठूलो आवाज गर्दै पानीमा खस्यो, जसले गर्दा सबै भ्यागुताहरू डराए। केही समयसम्म मुडो त्यहीँ शान्त भएर तैरिइरह्यो। धेरै समय बितिसक्दा पनि मुडो न हल्लियो, न कुनै आदेश दियो, न केही गर्‍यो। त्यसपछि केही भ्यागुताहरू त्यसलाई छोएर हेर्न गए। केहीले डराउँदै नजिकैबाट हेरे, अनि केहीले हिम्मत गरेर त्यसलाई छोए। जब मुडोले कुनै प्रतिक्रिया देखाएन, तब उनीहरू ढुक्क भए।

“यो त हल्लिँदै पनि हल्लिन्न! केही बोल्दैन, केही गर्दैन। यस्तो राजा हामीलाई किन चाहियो?”

एक भ्यागुता त्यस मुडोमाथि उफ्रियो। अनि अर्कोले पनि उफ्रेर नाच्न थाल्यो। केही समयमा नै सबै भ्यागुताहरू मुडोमाथि नाच्न थाले। “यो राजा त एकदम नालायक रहेछ!” भन्दै उनीहरूले फेरि मार्टिनलाई गुहार्ने निर्णय गरे।

यस पटक भ्यागुताहरूले मार्टिनसँग गहिरो आग्रह गरे—”हामीलाई साँच्चैको राजा देऊ! जो बलियो होस्, हामीलाई शासन चलाउन सकोस्, नियम लागू गरोस्।”

मार्टिनलाई रिस उठ्यो। “राजा चाहियो भने लिउ!” भन्दै उनले एउटा सारस पठाइदिए।

सारस पोखरीमा पुग्नेबित्तिकै डर लाग्दो वातावरण बनायो। उसले कुनै कानुन बनाएन, कुनै नियम तोकिएन, बरु उसले भ्यागुताहरूलाई एक-एक गर्दै खान थाल्यो। अब भ्यागुताहरू भयभीत भए।

“हामीले त चाहेको राजा यस्तो थिएन!”

तर अब के नै गर्न सक्थे र? जति विरोध गरे पनि सारसले उनीहरूलाई सुन्दैनथ्यो।

अब भ्यागुताहरूलाई आफ्नै पुरानो स्वतन्त्रता सम्झिन थाले। त्यो बेलामा कुनै कानुन थिएन, कुनै राजा थिएन, तर कम्तीमा जिउने स्वतन्त्रता त थियो! अहिले त डर, त्रास, अनि मृत्यु मात्र थियो।

तर पछुतो मानेर के गर्नु? ढिलो भइसकेको थियो।

कहिलेकाहीँ बिना सोचविचार परिवर्तन खोज्दा स्वतन्त्रता नै गुम्न सक्छ। सुधारको नाममा गलत निर्णय गर्दा पुरानो अवस्था नै स्वर्णिम लाग्न थाल्छ। कुनै पनि व्यवस्था अपनाउनु अघि, त्यसका सम्भावित परिणामबारे गहिरो विचार गर्नु प्रछ भने संदेश यो कथा बाट सिकन सकिन्छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?