ट्राफिक प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत आचार्य सम्मानित

अनिल नेपाली 

Workplace

पुलिस भन्दा सर्वसाधारण नागरिक डराउने गर्छन् तर ट्राफिक प्रहरी प्रविन आचार्यकाे नाम सुन्दा जनतामा खुसि न्यायकाे अनुभुती गर्ने नाम हाे ।

तिनै आचार्य ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरे पछि सम्मानित भएका छन् ट्राफिक प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत आचार्य सम्मानित भएका हुन् ।

सुरक्षित यात्रा नेपालले नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरेको हो । आचार्यलाई दुर्घटना न्युनीकारण, सुरक्षित तथा मर्यादित यात्राका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेकोले सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेले बताए ।

’सुरक्षित र मर्यादित यात्राका लागि ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहन्छ । त्यसैमा प्रहरी बरिष्ठ नायब निरीक्षक आचार्यको भूमिका अति राम्रो देखिएको छ,’ उनले भने, ’बाँकेमा रहेर उनले एकदमै राम्रो भूमिका निर्वाह गरेको हामीले पायौ ।’

आचार्यलाई लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दान बहादुर कार्कीले सम्मान पत्र प्रदान गरेका हुन् । सम्मान पत्र वितरण कार्यक्रममा डिआइजी कार्कीले राम्रो र उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गर्ने प्रहरी प्रधान कार्यालयको नीति रहेको बताए ।

उनले सम्मानले थप राम्रो काम गर्ने हौसला मिल्ने बताए । ’यो सम्मानले थप हौसला मिल्ने छ,’ उनले भने ।सम्मान पत्र ग्रहण पछि आचार्यले सम्मानले अझ धेरै जिम्मेवारी थपेको धारणा राखे ।

उनले बाँकेको ट्राफिक व्यवस्थापनमा दिलो ज्यान लगाउने जिकिर गरे । ’सम्मानले हौसला संगै थप जिम्मेवारी थपेको छ । बाँकेको ट्राफिक व्यवस्थापनमा कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने ।

ट्राफिक पोष्ट नेपालगंजको प्रमुख भएर आएपछि उनले नेपालगंजको ट्राफिक व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका छन् ।

आचार्य लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत रहदा जुनसुकै जिल्लामा सम्मानित हुदै भवन निर्माणमा महत्त्वपूर्ण भुमिका समेत निर्वाह गरेको पाईन्छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?