कपिलवस्तु, – कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको गाउपालिकाका अध्यक्ष चौधरीले बताएका छ्न
गाउँपालिका अध्यक्षले आफु माथि गोली प्रहार गरिएको खबर गरे लगत्तै प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताएका छ्न अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको प्रहरीको भनाई छ ।

राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी प्रहरीलाई दिएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताएका हुन घटना बारे प्रहरीले सूक्ष्म ढंगबाट अनुसन्धान शुरू गरि सकेको उनले बताए ।
घटनास्थलबाट एक थान गोलिको खोका र गोली बरामद भएको प्रहरीले जनाएको छ । आफु माथी यो भन्दा अघि पनि चरित्र हत्याको प्रयास गरिदै आएको र अहिले ज्यान मार्ने सम्मको प्रयास भयो । घटनाबाट आफु निकै दुखी भएको पालिका अध्यक्ष चौधरीले बताएका छ्न ।
